दयाहाङको ‘गाउँ आएको बाटो’को पहिलो गीत ‘राई माइला’ – भिडियो
२० जेठ २०८१ ६:५८
अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘गाउँ आएको बाटो’को पहिलो गीत ‘राई माइला’ सार्वजनिक गरिएको छ। चलचित्र रिलिज मिती नजिकिदै गर्दा निर्माण युनिटले पहिलो गीत सार्वजनिक गरेको हो ।
शनिबार सार्वज्निक गरिएको यो गीतको भिडियोमा दयाहाङ राई, पशुपति राई र प्रसन राई प्रस्तुत छन् । यो गीतको समावेश दृश्यले यो क्चलचित्रको कथाको भावलाई बुझाउन खोजेको छ। यो गीतमा श्रवण मुकारुङको शब्द, कालीप्रसाद बासकोटाको संगीत, सुनिता थेगिमको स्वर छ ।
आगामी जेठ २५ गतदेखि सार्वजनिक प्रदर्शनमा आउने यो चलचित्रले सडकसँगै गाउँमा बाटो र गाडी पुगेपछि गाउँको मानवीय सम्बन्ध र सोचाइमा ल्याउने परिवर्तनको कथा प्रस्तुत गर्छ ।
नवीन सुब्बा निर्देशित यो चलचित्र अन्तर्राष्ट्रिय फेस्टिभलमा प्रदर्शन भैसकेको छ । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मसले संयुक्त ब्यानरमा निर्माण गरिएको यो चलचित्रको निर्माता आमोद राई हुन् । पटकथा महेश राईले लेखेका हुन् । निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् ।