‘ह्रस्व दीर्घ’को रिलिज मिती हेरफेर, जानुहोस् अब कहिले ?

२० जेठ २०८१ ५:११

असोज ११ लाई रिलिज मिती तय गरेको चलचित्र ‘ह्रस्व दीर्घ’ अब संविधान दिवस अर्थात असोज ३ गते रिलिज हुने भएको छ । यसअघि असोज ११ लाई रिलिज मिती तोकेको यो चलचित्र अबभने एकहप्ता अगाडि नै प्रदर्शनमा आउने तय भएको हो।

यो चलचित्रको वितरण कम्पनी र निर्माण टिमको सल्लाहमा यो चलचित्रको रिलिज हेरफेर गरिएको हो। ‘हाम्रो चलचित्र कुन मितिमा ल्याउने विषयमा हामी गम्भीर छौं । त्यसकारण असोज ३ प्रदर्शनको लागि उपयुक्त दिन ठानेर उक्त मिती रोजिएको हो,’ नीताले भनिन् । यो चलचित्रको यतिबेला धमाधम डबिङको काम भइरहेको छ । यो चलचित्र डबिङका लागि अभिनेत्री विपना थापा यतिबेला नेपालमै छिन् ।

सोसल ड्रामासहितको प्रेमकथामा आधारित यो चलचित्र भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ । अभिनेता हरिरहर अधिकारीको कथा रहेको चलचित्रमा बलिउडका स्थापित छायाँकार कविरलालले छायांकन गरेका हुन् ।

नीता फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा मित्र डि गुरुङको सम्पादन, धनञ्जय घलानीको कास्टिङ, रामजी लामिछाने र बलिउड कोरियोग्राफर शुष्मा सुमनको कोरियोग्राफी छ । यो चलचित्रलाई अभिनेत्री नीता ढुंगानाले निर्माण गरेकी हुन्।

निर्देशक चन्द्र पन्त निर्देशित यो चलचित्रमा नायिका नीतासँगै, हरिहर अधिकारी, दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, बलिउड कलाकार प्रदीप रावतसँगै विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाललगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *