विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘आउट लः दभा २१९’को फस्टलुक सार्वजनिक गरिएको छ । सार्वजनिक फस्टलुक पोस्टरमा यो चलचित्रमा मुख्य नायक सुशिल श्रेष्ठलाई एक्सन एङ्ग्री अवतारमा देखाइएको छ । पोस्टरमा नायक श्रेष्ठ मेसिनगन बोकेर उभिएका छन् ।
स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा तयार भएको यो चलचित्रमा अमिता अग्रहरिको निर्माण छ। यो चलचित्रको फस्टलुकसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । निर्माण टिमले असोजको ३ गतेबाट विश्वव्यापी रुपमा प्रदर्शन गर्ने घोषणा गरेको हो ।
विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा विकास चौधरी सह–निर्माताको रुपमा छन् । नविन गुरुङको डीओपी, साहिल खानको सम्पादन, चुल्ठे काजीको एक्सन र इश्वर घिमिरे प्रोडक्शन म्यानेजरको रुपमा छन् । विजय बस्यालको पब्लिसिटी डिजाइन रहेको चलचित्रमा श्रृजना सुत्रको कास्टिङ छ ।
नायक सुशिल श्रेष्ठका लागि यो चलचित्र बलियो कमब्याको रुपमा रहने चर्चा चलचित्रवृत्तमा चलिरहेको छ । डीसीएनले वितरण गर्ने यो चलचित्रमा नायक सुशिलका साथमा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुनको अभिनय छ ।