महजोडीको अष्ट्रेलियाको पर्थ र क्यानबेराबाट ‘महजात्रा’ सुरु

१७ जेठ २०८१ ७:५८

महजोडीको रुपमा ख्याती कमाएका कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अष्ट्रेलियाली डायस्पोरामा ‘महजात्रा’को सुरुवात गरेका छन् । दुई अष्ट्रेलियाली सहर पर्थ र क्यानबेरामा आइतबार सोमबार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा महजोडीले आफ्नो चर्चित क्यारिकेचर प्रस्तुत गर्दै सामाजिक विषयमा व्याङ्य प्रहार गरेका छन् । त्यस्तै, सिड्नी, एडिलेड, मेलबर्न र न्युजिल्याण्डको अकल्यान्ड र क्राइस्टचर्चमा महजात्राको आयोजना हुनेछ ।

चलचित्र र सांगीतिक कार्यक्रम मात्र हुँदै आएको अष्ट्रेलिया र न्युजिल्याण्डमा पछिल्लोपटक महजोडीले स्टेज कमेडी प्रस्तुत गरेका हुन् । ‘महजात्रा अष्ट्रेलिया–न्युजिल्याण्ड २०२४’ को कमेडी टुरमा हरिवंश र मदनकृष्णसँगै किरण केसी पनि सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *