छोरा अनमोलको ‘फर्की फर्की’ हेरेपछि खुशीले केक काट्दै सुस्मिता

१७ जेठ २०८१ ७:४२

भारतको सिलिगुडीबाट नवलपरासीको कावासोती आएर छोराको चलचित्र‘फर्की फर्की’ हेरेपछि अनमोलको आमा सुस्मिता सोनी खुशी साट्दै केक काटेकी छन् । उनले छोरा अनमोलको चलचित्र सफल भइरहँदा उनकी आमा सुस्मिताले कावासोती आएर चलचित्र हेर्दै केक काटेर खुशी साटेकी हुन् ।

छोराको यो चलचित्र हेरेर आफू खुशी भएको बताउदै उनले भनिन्,-‘मलाई मेरो छोरा अनमोलको सफलता हेर्न मन लागेको छ। ‘मलाई छोराबाट अरु केही आशा छैन । उसको सफलतामा रमाउन पाएँ पुग्छ ।’ एउटी आमालाई त्यो भन्दा खुशी अरु के हुन सक्ला र ?’।

नेपालसङै विदेशमा समेत यो चलचित्रले सुखद कमाई गरिरहँदा अनमोलले बलियो कमब्याक गरेको र पहिलेको भन्दा अभिनयमा अझै निखार आएको भन्दै सुस्मिता खुशी देखिइन् ।

पहिलो सातामा बक्स अफिसमा आक्रामक कमाई गरेको यो चलचित्रको सफलताले नायक अनमोल केसीको करिअरलाई नयाँ उचाइमा पुर्याइदिएको छ । अहिले, उनलाई बधाईको ओइरो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *