‘जन्ते बाख्रो’ निर्माण घोषणा गर्दै सिमोस

१६ जेठ २०८१ ५:५५

मुईन इन्टरटेनमेन्टको ब्यानरमा चलचित्र ‘जन्ते बाख्रो’ निर्माण हुने भएको छ। नायक सौगात मल्लको मुख्य भूमिका रहने यो चलचित्रको मंगलबार निर्माणको घोषणा गरेको हो ।

निर्देशक सिमोस सुनुवारको निर्देशन रहने यो चलचित्र उनको तेस्रो निर्देशकीय र सौगातसङको तेस्रो सहकार्य हो। यसअघि ‘झ्यानाकुटी’ र ‘हात्तीछाप’मा यी दुइले सहकार्य गरेका थिए।

कमेडी कथामा निर्माण हुने यो चलचित्रले बेहुली भित्राउने दिनमा जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलनको कथालाई पेश गर्नेछ। चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् ।

भदौदेखि छायांकन सुरु गरिने यो चलचित्र अन्य कलाकार तय हुन बाँकी छ। यो चलचित्रको निर्माणमा निर्देशक समेत रहेका सुनुवार र सन्तोष गौतमले सहकार्य रहने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *