यही जेठ २१ गतेबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा नायिका अञ्जना बराइली अनुबन्धित भएकी छन् । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो चलचित्रमा नायिका अञ्जना बराइली अनुबन्धित भएसङै कलाकारहरूको लाइनअप लगभग पूरा भएको हो।
यो चलचित्रका लागि निर्माणपक्षले मुख्य भूमिकामा यसअघि गायक तथा कलाकार प्रकाश सपूत, मुकुन भुसाल, विनोद न्यौपाने, कलाकार भोला राज सापकोटा र देशभक्त खनाललाई अनुबन्धित गरिसकेको छ । चलचित्रमा उनीहरुको भूमिकाको बारेमा अहिले केही पनि खुलाइएको छैन ।
अन्तर्राष्ट्रिय रुपमा चलचित्र वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको यो चलचित्रमा सरोज पौडेलको लेखन तथा निर्देशन रहनेछ। सोसल-ड्रामामा निर्माण हुने यो चलचित्रले मौलिक कथाको एक गहन विषयलाई उठान गर्नेछ।
विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहेको यो चलचित्रका कार्यक्रारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहने चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहने छ ।
विं.सं.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको यो चलचित्रको यो प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ ।