‘फर्की फर्की’को जापान प्रदर्शनमा सहभागी हुँदै अनमोल

१५ जेठ २०८१ ५:५३

गत बिहीवार बुद्ध जयन्तीको अवसर पारेर सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘फर्की फर्की’ जापानमा पनि प्रदर्शन हुने भएको छ । यो चलचित्रको आगामी जुन ९ अर्थात असार २७ गते जापानको टोक्यो सहरमा रेड कार्पेट प्रिमियर सहित प्रदर्शन हुन लागेको हो ।

नेपालमा राम्रो व्यापार गरिरहेको यो चलचित्रका मुख्य अभिनेता अनमोल केसी सहभागी हुनेछन् । अनमोल टोकियोमा हुने मुख्य शोमा सहभागी हुन लागेको बुझिएको छ । सन् २०१८मा चलचित्र ‘कृ’को रेड कार्पेट प्रिमियरमा सहभागी अनमोल ६ वर्षपछि पुनः जापान जान लागेका हुन् । ‘फर्की फर्की’को प्रिमियरको व्यवस्था भिजोनिया कम्पनीका सुवास लामिछानेले गरेका छन् ।

‘अनमोलको क्रेजको कारण ‘कृ’को प्रदर्शनमा दर्शकको उपस्थिति राम्रो थियो’, लामिछानेले भने ‘त्यो भन्दा बढी दर्शक ‘फर्की फर्की’मा हुनेछन् ।’ सुवासले यसअघि ‘कबड्डी ४’ प्रदर्शन गराउँदा पनि दर्शकको राम्रो सहभागिता थियो ।

यो चलचित्र जापानको टोक्यो सहर स्थित नाकानो जिरो हलमा जुन ९ तारिख साँझ ६ :३० बजेबाट प्रदर्शन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *