पृथ्वी र अनु फिचर्ड ‘ईश्वर’को नयाँ पोस्टर

१५ जेठ २०८१ ५:३७

साउन ११ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको पोस्टरमा यो चलचित्रका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । ताललाई पृष्ठभूमिमा राखेर बनाइएको पोस्टरमा पृथ्वी र अनुलाई रोमान्टिक भावमा देख्न सकिन्छ ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा निर्देशक गिरी र हरिबहादुर थापाको निर्माण छ । चलचित्रमा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । निर्देशक राजुका अनुसार केही दिनअघि पोखरामा चलचित्रको प्रिमियर गरिएको थियो । ‘यो चलचित्र हेरेका अधिकांश दर्शकका आँखा रसाएका थिए। उनीहरु चलचित्रका हरेक दृश्यमा भावुक बनेका देखिन्थेँ’, उनले भने ।

निर्देशक राजु गिरीको निर्देशनमा तयार भएको चलचित्र लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको हो। चलचित्रमा ध्रुव थापा, पृथ्वीराज प्रसाईं, अनु शाह, सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारीलगायतको अभिनय छ । यहि चलचित्रबाट अभिनेत्री अनु शाहले ५ वर्षपछि अभिनयमा कमब्याक गरेकी हुन्।

यो चलचित्रमा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ। रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको यो चलचित्रलाई आरआर फिल्मसले वितरण गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *