गत बिहीवारदेखी प्रदर्शनमा आएको चलचित्र ‘फर्की फर्की’ले ओभरसिजमा पनि बम्पर व्यापार गरिरहेको छ । अनमोल केसीको मुख्य भूमिका रहेको यो चलचित्रले अष्ट्रेलिया र न्युजिल्यान्डको बक्स अफिसमा आक्रामक व्यापार गरेको वितरक नमस्ते इन्टरटेन्मेन्टले जनाएको छ ।
निरेशक सुयोग गुरुङको लेखन तथा निर्देशन गरेको यि चलचित्रले तीन दिनमा दुई मुलुकमा १ करोड रुपैयाँ भन्दा बढीको ब्यापार गरेको वितरण कम्पनीले जनाएको हो ।
अष्ट्रेलीयाका ८ र न्युजिल्यान्डका ६ वटा राज्यमा रिलिज भइरहेको यो चलचित्रले बक्स अफिस कलेक्शनमा यसअघि रिलिज भएका नेपाली चलचित्रको रेकर्डलाई समेत तोडेको छ। वितरक देव कार्कीका अनुसार यो चलचित्र न्युजिल्यान्ड र अष्ट्रेलीयाका ४५ हलका ५ सय पर्दामा रिलिज भइरहेको छ ।
त्यस्तै गरेर यो चलचित्र अमेरिकामा पनि रिलिज भइरहेको छ । अमेरिकामा फिल्म वितरण गरिरहेका प्याट्रिक सुवेदीले ११ वटा शहरमा फिल्मले दर्शकको उच्च साथ पाएको बताए । त्यस्तै, बिहिबार र शनिबार पनि यो चलचित्रले आक्रामक व्यापार गरेको थियो । व्यापार आइतबार र सोमबार पनि सुखद रहेको वितरक गोविन्द शाहीले बताएका छन् । भोलि, गणतन्त्र दिवसको बिदा भएकाले पनि चलचित्रले फेरि दर्शकको उच्च साथ पाउने अपेक्षा गरिएको छ ।