सुखद व्यापार गर्दै प्रदर्शनको चौथो दिनमा ‘पुजार सार्की’

१३ जेठ २०८१ ११:११

बिहीबार बुद्ध जयन्तीको दिनदेखि प्रदर्शनमा आएको चलचित्र ‘पुजार सार्की’ले पहिलो दिन नै ‘ग्रान्ड ओपनिङ’ गरेको थियो। दोस्रो दिन शुक्रवार सार्वजनिक बिदा नभएता पनि चलचित्रले सुखद व्यापार कायम राख्यो। तेस्रो दिन शनिवार चलचित्रको व्यापारमा अझै आक्रामक देखियो र आज चौथो दिन आईतवार पनि सुखद व्यापर गरिरहेको छ।

आईतवार बिहानै देखि देशभरका सबैजसो हलमा हाउसफुल व्यापार देखिएको छ। दोस्रो शो हरूमा पनि उल्लेखनीय व्यापार देखिएको छ भने मध्यान्हदेखिका प्राय: शो हाउसफुल भैरहेको वितरक रोहित कट्टेलले बताए। त्यस्तै आईतवार पनि दिनभर जसो नै यो चलचित्रका कलाकारहरू हल भिजिटमा हिँडिरहेका छन्।

त्यस्तै, शनिवार फाइनल रहेको चर्चित रियालिटी शो ‘पोएट आइडल’मा पनि कलाकारहरू पुगेका थिए। उक्त कार्यक्रममा अभिनेता प्रदीप खड्काले कविता सुनाएका निर्देशक दिनेश राउतले बताए।

नेपालका तीन सुपरस्टारहरूले एकसाथ अभिनय गरेको यो चलचित्रबाट नेपाली चलचित्रका दर्शकहरूमाझ व्यापक क्रेज हलमा फर्किएको छ। कलाकारहरू हल पुग्दा थामिनसक्नु भिड देखिएको छ।

जातीय विभेदको विषयमा ठुलो प्रश्न खडा गरेको यो चलचित्रलाई देशभरका दर्शकले अत्यधिक मन पराइरहेको रिपोर्टहरू प्राप्त भएका छन्। ओभरसिजमा पनि ‘पुजार सार्की’को आक्रामक व्यापार सहित उत्कृष्ट प्रतिक्रिया मिलिरहेको बताइएको छ।

विकास सुवेदीले लेखेको यो चलचित्रका निर्माता सुवास भुसाल हुन्। यसमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख अभिनय रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *