निश्चल र साम्राज्ञीको ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक

१३ जेठ २०८१ ८:२५

जेठ २५ गतेदेखि रिलिज बुने चलचित्र ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक गरिएको छ । आईतवार सार्वजनिक गरिएको यो चलचित्रको ट्रेलरमा साम्राज्ञी राज्य लक्ष्मी शाह, निश्चल खड्का र गरिमा शर्मा बिचको त्रिकोणात्मक प्रेम सम्बन्धलाई प्रस्तुत गर्छ।

ट्राभल लभ स्टोरीको जनरामा निर्माण गरिएको चलचित्रको कथा यात्राको क्रममा हुने प्रेम हो । यो चलचित्रको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

घनश्याम लामिछाने निर्देशित यो चलचित्रको केही साता अगाडि निर्माणपक्षले चलचित्रको टिजर सार्वजनिक गरेको थियो । तर, उक्त टिजरले खासै दर्शकको ध्यान तान्न नसकेपछि निर्माणपक्षले अहिले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरले दर्शकको ध्यान केन्द्रित गर्न सकेको खण्डमा निर्माणपक्षलाई ठुलो राहत मिल्नेछ।

एबी इन्टरनेसनलको प्रस्तुतिमा निर्माण गरिएको यो चलचित्रलाई गौतम प्रोडक्सन र अर्चिड भेस फिल्म्स लिमिटेडको निर्माण सहकार्य छ । अमित बस्नेतले निर्माण गरेको यो चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा छन् ।

सनिष खकुरेल र अजित केआर थापा सहनिर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । अभेद परवको छायांकन, हर्कुलेस बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व संगीत, लंगनेस फर्नान्डेजको डान्स कोरियोग्राफी छ ।

रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने यो चलचित्रमा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी लगायतका कलाकारको अभिनय छ । निश्चल र गरिमाले यही चलचित्रबाट चलचित्र क्षेत्रमा डेब्यु गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *