४० दिनमा ‘खुस्मा’को छायांकन इन्ड्क्ल्याप

१३ जेठ २०८१ ७:५०

असोजको ३ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘खुस्मा’को छायांकन ४० दिनमा सकिएको छ । यो चलचित्रको छायांकन सुरु गरेको दिनदेखी पहिलो चरण र दोश्रो चराण गरी ४० दिनभित्रमा सम्पूर्ण छायांकन सकिएको हो।

नायक धीरज मगर र उपासनासिंह ठकुरीको मुख्य भूमिका रहेको यो चलचित्रको पहिलो चराणको छायांकन मनाङमा र दोस्रो चराणको छायांकन पूर्वी रुकुममा गरिएको हो। चलचित्रको अब एउटा गीतको मात्र छायांकन गर्न बाँकी राखेको निर्माणपक्षले जनाएको छ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्र मगर समुदायको परिवेशमा निर्माण भएको हो। अशोक थापा मगरको लेखन तथा निर्देशन यो चलचित्रले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमको कथा पेश गर्छ ।

विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगरको निर्माण रहेको यो चलचित्रमा सह–निर्माता मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी, मोहन राई कार्यकारी निर्माता, दीपक बज्राचार्यको छायांकन, एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना छ ।

काफिया फिल्म्सले वितरण गर्ने यो चलचित्रमा माओत्से गुरुङ, खड्गबहादुर पुन, सुजाता राई, विजय सुब्बा, राजा थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *