गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको ‘तिमी सुस्तरी छेउ आइदेउन’ गीतको भिडियो सार्वजनिक गरिएको छ । किरण भुजेल र ममता गुरुङको युगल स्वर रहेको सार्वजनिक गीतमा नवीन श्रेष्ठको शब्द सिर्जना र संगीतकार नागेन्द्रको संगीत छ ।
भिडियोमा गायक किरणसँगै ललना चिमोरिया, सम्राट अधिकारी, प्रिन्सिखा श्रेष्ठको अभिनय देख्न सकिन्छ । किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको उक्त भिडिओको निर्देशन तथा कोरियो केशवराज भट्टले गरेका हुन् । विशाल थापाको छायांकन र दिनसन शाहको सम्पादन रहेको गीतलाई राहुल प्रधानले एरेन्ज गरेका छन् ।