‘आचार्य’को रोदनले भरिएको ट्रेलर सार्वजनिक

१३ जेठ २०८१ ४:२७

स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी असार ७ गतेदेखि नेपालभर प्रदर्शन गरिने यो चलचित्रको ट्रेलरमा दयाहाङ राई, बिपिन कार्की, सौगात मल्ल प्रस्तुत छन् ।

यो चलचित्रमा स्व गायक आचार्यको जीवनीका हरेक पाटालाई प्रस्तुत गरिएको छ। चलचित्रमा आचार्यको भूमिकामा उनका जेठा छोरा सत्यराज आचार्यले बुवाको भूमिका निर्वाह गरेका छन् ।

निर्देशक प्रशान्त रसाइलीले निर्देशन गरेको यो चलचित्रमा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायतका कलाकारले अभिनय गरेका छन् । गायक आचार्यको ८२ वर्षको उमेरमा गत फागुन १४ गते निधन भएको थियो ।

रोशन राईले निर्माण गरेको यो चलचित्रलाई ब्यांकटेस इन्टरटेनमेन्टले देशब्यापी पुनःप्रदर्शन गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *