‘सानो संसार’मा ‘माग्ने बुढा’की श्रीमती सीतादेवीको डेब्यू

११ जेठ २०८१ ८:१३

सिद्धार्थ पुडासैनीको निर्देशनमा तयार हुने चलचित्र ‘सानो संसार’को शुभसाइतसँगै छायांकन गरिएको छ। शुक्रबार कमलादीमा रहेको गणेश मन्दिरमा आयोजित समारोहमा पूजाआजा गर्दै यो चलचित्रको छायांकन सुरु गरिएको हो ।

निर्माता अर्जुन कुमारले निर्माण गर्ने यो चलचित्रमा कलाकार केदार घिमिरे ‘माग्ने बूढा’की श्रीमती सीतादेवी तिमल्सिनाले ठुलोपर्दामा डेब्यू गर्ने भएकी छिन् । यो चलचित्रमा उनी शीर्ष भूमिकामा देखिन लागेकी हुन् ।

यो चलचित्रको शुभसाइत समारोहमा माग्ने बूढा पनि श्रीमतीलाई शुभकामना दिन उपस्थित थिए । कार्यक्रममा उपस्थित उनले कलाकारको रुपमा आफूले श्रीमतीलाई सहयोग गर्ने प्रतिवद्दता जनाए। त्यस्तै, सीतादेवीले पनि चलचित्र अभिनय आफ्नो रुचि रहेको भन्दै श्रीमानको साथ राम्रो पाएको बताइन् ।

पारिवारिक कथावस्तुमा निर्माण गरिने यो चलचित्रले सानो परिवार बिचको रमाइलो कथा भन्नेछ। यो चलचित्रमा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जना रिसाल र शिशिर सिवाकोटीको मुख्य भूमिका छ ।

काठमाडौं र आसपासका क्षेत्रमा खिचिने यो चलचित्रको छायांकन जेठको अन्तिमबाट सुरु गरिने निर्माता अर्जुन कुमारअले बताए। यो चलचित्रको नियन्त्रक निर्मातामा शंकर पाण्डे छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *