बम्पर ओपनिङका साथ दोस्रो दिनमा ‘फर्की फर्की र पूजार सार्की’

११ जेठ २०८१ ७:१२

बुद्ध जयन्तीको अवसर पारेर हिजो बिहीबारदेखि एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘फर्की फर्की र पूजार सार्की’ले बक्स अफिसमा बम्पर ओपनिङ गरेको छ । देशभरका हलमा उच्च शो पाएको यो दुबै चलचित्रलाई दर्शकको उच्च साथका साथइ बम्पर ओपनिङ गरेको हो।

आज शुक्रबार पनि बिहानैदेखी हलमा दर्शकको बाक्लो उपस्थिती छ। नायक अनमोल केसी स्टार चलचित्र ‘फर्की फर्की’ले बलियो वर्ड अफ माउथसहित बम्पर ब्यापार गरिरहेको निर्देशक सुयोग गुरुङले बताए ।

लभ स्टोरी जनरामा ‘टाइम लूप’को प्रयोग गरिएको यो चलचित्रमा नायक अनमोल केसी सँगै नायिका जस्तिता गुरुङ र नव -नायक रवी काफ्ले र नायिका संवृद्धि अर्यालको मूख्य भूमिका छ।
यो चलचित्रलाई निर्देशक सुयोग गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा निर्देशक गुरुङकै लेखन छ ।

त्यस्तै, अभिनेताहरु आर्यन सिग्देल प्रदीप खड्का र पल शाह अभिनित चलचित्र ‘पूजार सार्की’ले आज बिहान ४०/५० प्रतिशत हाराहारी अकुपेन्सी कायम गरेको छ। यो चलचित्रले पहिलो दिनमा बम्पर व्यापार गर्दै गर्दा दर्शक प्रतिक्रिया बुझन कलाकारहरू हल–हलमा पुगेका थिए ।

विशेषगरि, काठमाडौंको अष्टनारायण हलमा दर्शकको उच्च चापका बीच तीन नायकहरूले गाडीबाटै दर्शकसँग साक्षात्कार गरेका थिए । त्यहाँका दर्शकहरुसँग साक्षात्कार गर्न चलचित्रका तीन अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एकसाथ अष्टनारायण पुग्दा निकै क्रेज देखिन्थ्यो ।

सिंगल थिएटरहरुमा समेत दर्शकको चाप उच्च रहेको यो चलचित्रको देशको सबैभन्दा ठूलो मानिन्ए मल्टीप्लेक्स चेन क्यूएफएक्सको काठमाडौंसहित मोफसल अन्तर्गत दमौली, विराटनगर, इटहरी, नेपालगञ्ज, नारायणगढ, विर्तामोडका हलमा दर्शकको बाक्लो उपस्थिति थियो । काठमाडौंका बिग मुभिज, वान् सिनेमाज्, एफक्युब, बिएसआर जस्ता ठूला मल्टीप्लेक्समा पनि चलचित्रले बिहीबार आकर्षक व्यापार गरेको छ ।

निर्देशक दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्र जातीय विभेदविरुद्धको कथामा निर्माण गरिएको हो। चलचित्रले पहिलो दिन मात्रै एक करोडमाथिको कलेक्सन गरेको निर्देशक राउतले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *