गायक तथा संगीतकार शम्भुजीत बास्कोटाको निर्माण निर्माण रहने चलचित्र ‘टासीदेलेक : अ वे टु हेभन’को फस्टलुक पोस्टर सगरमाथाको चुचुरोबाट रिलिज गरिएको छ।
सगरमाथा आरोहीबारेको कथामा निर्माण हुन लागेको यो चलचित्रको पोस्टर छिरिङ शेर्पाले यसैसाता सगरमाथाको चुचुरोबाट सार्वजनिक गरेकी हुन् ।
सार्वजनिक यो चलचित्रको फस्टलुक पोस्टरमा सगरमाथा आरोहणका लागि हिंडेका आरोही र उनीहरुले गरेको आरोहण अभ्यासलाई प्रस्तुत गरिएको छ। छिरिङ शेर्पा हिमालय टिभीको डान्सिङ रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’की विजेता समेत हुन् । उनै शेर्पाले चलचित्रको पहिलो पोस्टर लन्च गरेकी हुन् ।
अबको केही साथमा औपचारिक घोषणा गर्ने यो चलचित्रमा संगीतकार बास्कोटा र सुजन खनालको संगीत, पत्रकार समेत रहेका चर्चित ढुंगेल को पटकथा लेखन हुनेछ ।

सुवर्ण थापाले निर्देशन गर्ने यो चलचित्रमा अभिनेता आशीर्वाद क्षेत्री, लाक्पा देन्डी शेर्पा र छिरिङ शेर्पाको मुख्य भूमिका रहनेछ।