‘गाउँ आएको बाटो’को मर्मस्पर्शी ट्रेलर

११ जेठ २०८१ ४:२६

जेठ २५ गतेबाट नेपाल र डायस्पोरामा एकसाथ प्रदर्शन हुने चलचित्र ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्माणपक्षले यो चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो।

सार्वजनिक ट्रेलरमा यो चलचित्रको कथावस्तु र चरित्र चित्रणबारे विस्तृत रुपमा प्रस्तुत गरेको छ। ग्रामीण भेगको कथामा निर्माण गरिएको यो चलचित्रले गाउँमा बाटोले विकाससँगै के–के ल्याएको छ भन्ने तथ्यलाई एउटा परिवारमार्फत देखाउछ।

यो चलचित्रमा दयाहाङ राइइ, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतले अभिनय गरेका छन् । चलचित्रको ट्रेलरमा दयाहाङ राई बाबुको भूमिकामा र छोराको भूमिकामा प्रसन राई छन् ।

आमोद राईले निर्माण गरेको यो चलचित्रलाई रामबाबु गुरुङको बाँसुरी फिल्म्स र निर्देशक सुब्बाको मेन्छायम पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो महेश राई र निर्देशक सुब्बाले लेखेको यो चलचित्रको छायाङ्कन जोस हेरम, सम्पादन क्वान पुन लिउङ र हेडी लीले सङ्गीत भरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *