आज बाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘फर्की फर्की’को बुधवार बेलुका भब्य प्रिमियर गरिएको छ । कमलपोखरीस्थित विग मुभिजमा आयोजित प्रिमियरमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सिएनएन हिरो अनुराधा कोइराला, अभिनेत्री गौरी मल्ल, सुरक्षा पन्त, निर्देशक ज्ञानेन्द्र देउजा लगायत थुप्रै सेलिब्रेटी र रंग पत्रकारको उपस्थिति थियो ।
यो चलचित्र हेर्न पुगेका अधिकांशले तारिफ गरिरहदा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि खुलेरै तारिफ गरेका छन् । बुधवार चलचित्र प्रिमियर हेरेका बालेनले फेसबुकमा ‘फर्की फर्की’को फोटो राख्दै भनेका छन्,-‘‘एउटा नयाँ स्वादको फिल्म । साँच्चिकै सुन्दर फिल्म ।’
त्यत्सै, प्रिमिएरमा चलचित्र हेर्ने यो चलचित्रको धेरैले कथावस्तु, प्रस्तुति, निर्देशक सुयोग गुरुङको कामको तारिफ गरे । प्रिमिएरममा सहभागी कतिपय चलचित्रकर्मीले सामाजिक संजालबाट पनि निकै तारिफ गरेका छन् । निर्देशक घनश्याम लामिछानेले आफ्नो सामाजिक सञ्जालमा चलचित्र राम्रो बनेको बताएका छन् ।
त्यस्तै निर्देशक जनकदीप पराजुलीले छन्, ‘रिफ्रेसिङ नेपाली फिल्म ।’ अभिनेत्री सुरक्षा पन्तले टाइम ट्राभल जनरा चलचित्रको आफू फ्यान रहेको बताउँदै निर्माणको समेत तारिफ गरेकी छन् ।
नायक अनमोल केसीको मुख्य भूमिका रहेको यो चलचित्रलाई उनले आफ्नो करिअरको नयाँ आयम भन्ने गरेका छन् । यो चलचित्रमा उनको काममा मिहिनेत झल्किएको छ । अनमोललाई अभिनय नै आउँदैन, संवादमा दम छैन भन्नेहरूलाई यसपटक उनले राम्रैसँग कामले सबक सिकाएका छन् ।
सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई रोहित अधिकारी र ओम प्रकाश अग्रवालले सयुक्त निर्माण गरेका छन् ।
नरेन्द्र मैनालीको छायाङ्कन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहेको यो चलचित्रमा अष्ट महर्जनको द्वन्द्व छ । यो चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारको अभिनय फिल्ममा छ ।