काठमाडौं महानगरका मेयर बालेन शाह कान्स फिल्म फेस्टिभलको रेडकार्पेट वर्ल्ड प्रिमियर ‘मेगालोपोलिस’मा सहभागि भएका छन् । उनी बिहीबार बेलुका कान्समा फ्रान्सिस फोर्ड कोप्पोलाको चलचित्रको प्रिमियरमा सहभागि भएका हुन् ।
प्रिमियरमा निर्देशक कोप्पोला, सुपरस्टार एडम ड्राइवर, बलिउड अभिनेत्री ऐश्वर्या रायको पनि सहभागि थिए । मेयर बालेनले सोही दिन कान्स सहरका समकक्षी डेभिड लिसनार्डलाई पनि भेटेका छन् ।
रेडकार्पेट वर्ल्ड प्रिमियर ‘मेगालोपोलिस’मा सहभागि हुनका लागि मेयर बालेन कालो सुट र टोपीमा देखिएका थिए। त्यस्तै, उनका व्यवस्थापन सल्लाहकार कुमार ब्यञ्जनकार पनि थिए ।