‘दान्भी’को पहिलो रोमान्टिक गीत ‘मायाको खानी’ रिलिज
४ जेठ २०८१ ९:१९
रुपेश तामाङको निर्देशनमा तयार भएको चलचित्र ‘दान्भी’को पहिलो गीत सार्वजनिक भएको छ । असारको ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यो चलचित्रको ‘मायाको खानी’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको हो।
सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार पूजा शर्मा र नव–नायक कुन्साङ बोमजनलाई रोमान्टिक देखिएको छ । नेपाल र भारतका विभिन्न लोकेशनमा खिचिएको यो गीत निकै राम्रो बनेको छ ।
निर्माणपक्षले आज सार्वजनिक गरेको यो गीतमा सुरेश लामा र ममता गुरुङको स्वर, अर्जुन पोखरेलको संगीत, प्रदीप प्रखर पोखरेलको शब्द छ ।
पवन राना मगर कार्यकारी निर्माताको रुपमा रहेको यो चलचित्रमा देव मगर र अनुप गडाल निर्माता, कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् ।
यो चलचित्रमा सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरि प्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।