‘रावायण’को सेटमा के गर्दैछन् पल र पूजा ?

४ जेठ २०८१ ७:३८

केही सातादेखि सर्लाहीमा छायांकन भइरहेको चलचित्र ‘रावायण’को सेटबाट तस्विर सार्वजनिक भएको छ । यसअघि निर्माणपक्षले नायक पल शाहको तस्विर मात्र सार्वजनिक गरेको थियो भने नायिका पूजा शर्माले पहिलो पटक पलसँगको तस्विर सार्वजनिक गरेकी छिन् ।

यो चलचित्रका नायक पल शाह यो चलचित्रमा अनुबन्धित भएपछि पनि उनी र नायिका पूजा शर्माको तस्विर सार्वजनिक गरिएको थिएन । तर, यो पटक भने नायिका पूजाले सुदर्शन र पलसँगको तस्विर सार्वजनिक गर्दै आफूहरू विगत ७–८ बर्षदेखि एकसाथ रहेको र कहिले झगडा त कहिले मिलेको उल्लेख गरेकी छिन् ।

उनले ‘रावायण’ सुरुवातमा पूजा र सुदर्शन मिलेर बनाउन लागेका थिए । तर, नायक अनमोल केसी यो चलचित्र बाट बाहिरिएपछि सुदर्शन र पूजाको सम्बन्धमा पनि खटपट भएको थियो ।

त्यस्तै, नायक पल शाह जेलबाट निस्किएपछि पूजासँगको उनको सम्बन्ध बिग्रिएको थियो । पूजा र पल करिब एक बर्ष बोलचाल नै गरेनन् । यसपछि यो चलचित्र निर्माण हुनेभएपछि पल र पूजा नजिक भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *