जेठको १५ गतेबाट ‘छक्का पन्जा ५’को छायांकन सुरु

३ जेठ २०८१ ८:५९

यो बर्षको दशैंमा रिलिज गर्ने तयारीमा रहेको चलचित्र ‘छक्का पन्जा ५’को छायांकन जेठको १५ गतेबाट सुरु गरिने निर्माणपक्षले जनाएको छ। यो चलचित्रका लागि अबको केही समयमा नायिकासँगै अन्य कलाकारहरूको लाइनअप पनि पुरा गर्ने निर्माणपक्षले जनाएको हो।

यो चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गर्नेछिन् भने स्क्रिप्टको काम चाडै सकेर चलचित्रका लागि कलाकार फाइनल गर्ने दौडमा निर्माणपक्ष छ। यो चलचित्रको लागि नायिकाको पनि खोजी कार्य जारी रहेको चलचित्रका एक टिमले बताए।

ऐतिहासिक रेकर्ड राख्न सफल ‘छक्का पन्जा’को पाँचौं सिरिज पनि दर्शकको लागि मात्र नभएर यो बर्षकै प्रतीक्षामा चलचित्र हो । यो चलचित्रमा कलाकार दीपकराज गिरीको लेखन तथा अभिनय रहनेछ। त्यस्तै, चलचित्रका लागि कलाकार केदार घिमिरे मात्र अहिलेसम्म फाइनल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *