‘ज्वाइँ साब’को तयारीमा व्यस्त नीति

३ जेठ २०८१ ८:३८

पहिलो चलचित्र असफल भएपछि अझै गम्भीर बनेकी नायिका नीति शाह यतिबेला चलचित्र ‘ज्वाइँ साब’को तयारीमा व्यस्त छिन् । यो चलचित्रको छायांकन अबको एक सातामा सुरु गरिने निर्माणपक्षले जनाएको छ।

निर्देशक बसन्त निरौलाको निर्देशन रहने यो चलचित्रमा नायिका नीतिले निकै मिहिनेत गरिरहेकी छिन्। चलचित्रको वर्कशपका कारण छायांकन केही दिन सरेको निर्देशक निरौलाले बताए । उनी केही समयदेखि वर्कशपमा पनि छिन् ।

चित्लाङ र सौराहामा छायांकन गरिने यो चलचित्रलाई राज कुमार पण्डितको प्रस्तुतिमा निर्माण गरिँदैछ । यो चलचित्रमा नीतिको जोडीको रुपमा कलाकार जितु नेपालले सहकार्य गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *