तेन्जिङ नोर्गे शेर्पाको सगरमाथा आरोहणबारे निर्माण गरिएको चलचित्र ‘तेन्जिङ’को विश्वव्यापी अधिकार एप्पलले खरिद गरेको छ। द हलिउड रिपोर्टर म्यागजिनका अनुसार कान्स फिल्म मार्केटमा एप्पलले यो चलचित्रको अधिकार खरिद सम्झौता गरेको हो ।
पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको विलियम डफोई र टम हिडल्स्टन स्टारर चलचित्र ओस्कार विजेता चलचित्र ‘द किङ्स स्पिच’को निर्माता कम्पनी सी–स फिल्म्सले गर्दैछ ।
सन् १९५३ मा शेर्पा र न्युजिल्याण्डका एड्मण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । उक्त आरोहणको नेतृत्व तेन्जिङले गरेका थिए । यो चलचित्रमा हिडल्स्टनले हिलारी र डफोईले अंग्रेज आरोहण दलका नेता कर्णेल जोन हन्टको भूमिकामा प्रस्तुत हुनेछन् ।
निर्देशन जेनिफर पिडमले निर्देशन गर्न लागेको यो चलचित्रको मुख्य पात्र तेन्जिङको भूमिकाका लागि अहिले विश्वव्यापी अडिसन चलिरहेको छ ।
विश्वचर्चित हलिउड चलचित्र ‘लायन’का लेखक ल्युक डेभिसको पटकथा रहने यो चलचित्रको कार्यकारी निर्मातामा तेन्जिङका छोरा नोर्बु रहनेछन् । यो चलचित्रको छायांकन सन् २०२५ मा हुने जनाइएको छ । निर्माताको तर्फबाट कान्समा यूटीए इन्डिपेन्डेन्ट फिल्मस् ग्रुप र क्रस सिटी फिल्म्सले डिल गरेका हुन् ।