‘रावायण’को छायांकनमा अभिनेता पल शाह घाइते

२ जेठ २०८१ ९:१८

निर्देशक सुदर्शन थापाले निर्देशन गरेको चलचित्र ‘रावायण’को छायांकन अहिले चलिरहेको छ। यतिबेला सर्लाहीको लालबन्दी आसपासको जंगलमा यो चलचित्रको एक्सन दृश्यको छायांकन चलिरहेको हो ।

सोही छायांकनको क्रममा यो चलचित्रका मुख्य नायक पल शाह घाइते भएका छन् । एक्सन दृश्य सुटिङ गर्दा उनको हातमा गम्भीर चोट लागेको निर्माणपक्षले जनाएको छ । नायक पल शाहअले पनि सामाजिक सञ्जालमा उक्त भिडियो सेयर गर्दै उनले लेखेका छन्,- ‘रावायणको छायांकन सेटमा सामान्य घाइते’।

नायक पलले सेयर गरेको सो भिडियोमा स्थानीय स्वास्थ्य केन्द्रमा हातको प्राथमिक उपचार भइरहेको देख्न सकिन्छ । स्वास्थ्यकर्मीले उनको हातमा टाँका लगाइरहेको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *