नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुँदै ‘फर्की फर्की’

२ जेठ २०८१ ७:०१

आगामी जेठको १० गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘फर्की फर्की’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउने भएको छ। यो चलचित्रका निर्माता कम्पनी रोहित अधिकारी बुधबार विज्ञप्ति जारी गर्दै यो चलचित्र नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउने भएको भएको हो।

सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको यो चलचित्र अमेरिकामा एकै सातामा ३०० भन्दा बढी शो र अष्ट्रेलियामा एकै सातामा ५०० भन्दा बढी शो तय भएको छ । अमेरिकाका धेरै सहरमा यो चलचित्र लाग्ने अमेरिकी वितरक प्याट्रिक सुवेदीले जनाए ।

नमस्ते इन्टरटेनमेन्टले प्रदर्शन गर्ने यो चलचित्रको अष्ट्रेलियामा हुने प्रदर्शन तालिका सार्वजनिक भइसकेको छ । अष्ट्रेलियाका १८ हलमा यो चलचित्र रिलिज हुनेछ। मध्यपूर्वमा रमेश ढकालले रिलिज गर्ने यो चलचित्र जापान, हङकङ, दक्षिण कोरिया, बेलायत, माल्टा र न्युजिल्याण्डमा पनि प्रदर्शन हुनेछ ।

यो चलचित्रमा नायक अनमोल केसी र नायिका जसिता गुरुङको मुख्य भूमिका छ। चलचित्रमा रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ ।

रोहित अधिकारी र ओम प्रकाश अग्रवालको सयुक्त लगानी रहेको यो चलचित्रमा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रूपमा छन् भने मोती कार्की र अनीरुद्र गिरी कार्यकारी निर्माता हुन् ।

आगामी जेठको १० गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘फर्की फर्की’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउने भएको छ। यो चलचित्रका
निर्माता कम्पनी रोहित अधिकारी बुधबार विज्ञप्ति जारी गर्दै यो चलचित्र नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउने भएको भएको हो।

सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको यो चलचित्र अमेरिकामा एकै सातामा ३०० भन्दा बढी शो र अष्ट्रेलियामा एकै सातामा ५०० भन्दा बढी शो तय भएको छ । अमेरिकाका धेरै सहरमा यो चलचित्र लाग्ने अमेरिकी वितरक प्याट्रिक सुवेदीले जनाए ।

नमस्ते इन्टरटेनमेन्टले प्रदर्शन गर्ने यो चलचित्रको अष्ट्रेलियामा हुने प्रदर्शन तालिका सार्वजनिक भइसकेको छ । अष्ट्रेलियाका १८ हलमा यो चलचित्र रिलिज हुनेछ। मध्यपूर्वमा रमेश ढकालले रिलिज गर्ने यो चलचित्र जापान, हङकङ, दक्षिण कोरिया, बेलायत, माल्टा र न्युजिल्याण्डमा पनि प्रदर्शन हुनेछ ।

यो चलचित्रमा नायक अनमोल केसी र नायिका जसिता गुरुङको मुख्य भूमिका छ। चलचित्रमा रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ ।

रोहित अधिकारी र ओम प्रकाश अग्रवालको सयुक्त लगानी रहेको यो चलचित्रमा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रूपमा छन् भने मोती कार्की र अनीरुद्र गिरी कार्यकारी निर्माता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *