सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘फर्की फर्की’ जापानमा पनि रिलिज हुने भएको छ । अभिनेता अनमोल केसी अभिनीत वर्षको प्रतीक्षित यो चलचित्र जापाको नागोया सहरमा रिलिज हुने निर्माण यूएनए इन्टरटेनमेन्टले जनाएको छ ।
रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माणमा रहेको सयुक्त निर्माण रहेको यो चलचित्रको अष्ट्रेलिया, अमेरिका लगायतका देशको अधिकार पनि विक्री भइसकेको छ ।
निर्माता अधिकारीकै कथा रहेको यो चलचित्रको सह–निर्मातामा मनोज वली र राम न्यौपाने रहेका छन् । नरेन्द्र मैनालीको छायांकन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व छ ।
जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यो चलचित्रमा अनमोलको अलवा जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारको अभिनय छ ।