‘महापुरुष’का अरुण क्षेत्रीको ‘जुगिना’ लुक्स

१ जेठ २०८१ ४:५९

नायक अरुण क्षेत्रीको नयाँ चलचित्र ‘जुगिना’को लुक्स सार्वजनिक गरिएको छ। नेपाली चलचित्र ‘महापुरुष’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका अरुणको यो तेस्रो चलचित्र हो।

ट्राभल, रोमान्स र एडभेन्चरको कथामा निर्माण भएको यो चलचित्रको कथावस्तु र भूमिकालाई लिएर अरुण उत्साहित देखिएका छन् । माजिक संजालमा उनले लुक्स सार्वजनिक गरेपछि राम्रो प्रतिक्रिया पनि पाइरहेका छन् ।

प्रवीण रोकायाले निर्देशन गरेको यो चलचित्रको करिब एक महिना लगाएर ८० प्रतिशत छायांकन खप्तड र बझाङमा गरिएको छ । । बाँकी २० प्रतिशत छायांकन भने काठमाडौंमा हुने निर्माणपक्षले जनाएको छ ।

यो चलचित्रमा नायक अरुणसँगै नायिका सुरक्षा पन्त र नायक कर्माको पनि मुख्य भूमिका छ। त्यस्तै, नायक अरुणले चलचित्र ‘प्रेमा’मा मुख्य नायकको रुपमा काम गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *