अमेरिकाबाट सुरुभयो ‘तेलभिसा’को छायांकन

३१ वैशाख २०८१ ७:२७

निर्देशक शंकर घिमिरेको निर्देशनमा तयार भएको चलचित्र ‘तेलभिसा’को छायांकन सुरु गरिएको छ। नायक विपिन कार्की र नायिका वर्षा राउतको मूख्य भूमिका रहेको यो चलचित्रको छायांकन अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टीमोर सहरबाट सुरु गरिएको हो।

सुसन प्रजापतिले छायांकन गरिरहेको यो चलचित्रको शुभसाइत शुक्रबार गरिएसङै छायांकन सुरु गरिएको थियो। यो चलचित्रको छायांकन अमेरिकामा एक महिना चल्ने निर्देशका घिमिरेले बताए।

वेलडन क्रिएसनको व्यानरमा निर्माण भएको यो चलचित्रको ७० प्रतिशत छायांकन अमेरिका र बाँकी नेपालमा गरिने निर्माणपक्षले जनाएको छ। चलचित्रमा गौरी मल्ल पनि मुख्य भूमिकामा छिन् । छायांकनको लागि गौरी पनि अमेरिका जाने तयारीमा छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *