मगर संस्कृतिमा आधारित ‘घरज्वाइँ’को टिजर

३० वैशाख २०८१ १०:१६

असार २८ गते रिलिज तयारीमा रहेको चलचित्र ‘घरज्वाइँ’को टिजर सार्वजनिक गरिएको छ। आईतवार सार्वजनिक गरिएको टिजरमा दयाहाङ राई, मिरुना मगर, शिशिर बाङ्देल, बुद्धि तामाङ लगायत प्रस्तुत छन्।

सार्वजनिक टिजरमा शिक्षकको भूमिका निर्वाह गरेका नायक दयाहाङ्ले मिरुनालाई मनपराएको देख्न सकिन्छ । युवतीलाई विवाह गर्न घरज्वाइँ बन्नुपर्ने बाध्यता र सामाजिक प्रतिष्ठाको चेपुवामा परेको एक मगर पात्रको कथा यो चलचित्रले पेश गर्छ।

अनिल बुढाको डेब्यु निर्देशन रहेको यो चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन् । यो चलचित्रको पटकथा तथा संवाद लेखन बुढासहित विनोद खतिवडा र सुभाष कोइरालाको छ ।

जीएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा पुष्कर गुरुङ, भोलाराज सापकोटा, खड्कबहादुर पुन, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगर लगायतको पनि अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *