नायिका पूजा शर्मा र नायक पल शाहको मूख्य भूमिका रहेको चलचित्र ‘रावायण’को भारतीय प्रख्यात गायक गायिकाहरु द्वारा गीत रेकर्ड गरिएको छ। यो चलचित्रमा समावेश शीर्ष गीत, रोमान्टिक गीत र आइटम गीत भारतीय प्रख्यात गायक गायिका स्वारा भारतमै रेकर्ड गरिएको हो ।
भारतीय गायक नकासा अजीजको स्वर शीर्ष गीत रेकर्ड गरिएको छ । नकासाले बलिउड चलचित्र ‘बजरंगी भाइजान’को ‘सेल्फी ले ले रे’, ‘फेन्टम’को ‘अफगान जलेबी’, ‘आर राजकुमार’को ‘सारी के फल से’, ‘ट्युबलाइट’को ‘नाँच मेरी जान’ र ‘उचाइँ’ को ‘केटी को’ जस्ता गीतमा स्वर दिएका छन् ।
त्यस्तै, रोमान्टिक गीतमा कुनाल गान्जावालाको स्वर छ । कुनालले बलिउड चलचित्र ‘मर्डर’को ‘भिघे ओठ तेरे’, ‘पार्टनर’को ‘दुपट्टा तेरा’, ‘शीसा’को ‘यार को मेने’, ‘काल’को ‘काल धमाल’, ‘धुम’को ‘सलामे’लगायतका चर्चित गीत गाएका छन् । भने अर्को गीतमा गायिका सोनु कक्करको स्वर छ । सोनुले ‘रावायण’का लागि आइटम गीत गाएकी हुन् । यी तीनवटै गीतमा भारतीय संगीतकार रेवन सिंह र निरज सिंहको संगीत छ ।
रेवनले बलिउडका चर्चित गायक गायिका र संगीतकार, साउन्ड इन्जिनियर र मिक्सिङ इञ्जिनियरसँग काम गरिसकेका छन् । उनले रेडियो मिर्ची म्युजिक अवार्ड, ग्लोबल इन्डियन म्युजिक एकेडेमी अवार्ड (गीमा) र इन्डियन रेकर्डिङ आर्टस् अवार्ड (इरा) लगायतका अवार्ड जितेका छन् ।
निर्देशक सुदर्शन थापाले निर्देशन गरेको यो चलचित्रको सबै काम भारतमा नै गरिएको छ। हामीले मिक्सिङ, मास्टरिङदेखि संगीतका सबै काम भारतमा नै गरेर भारतीय गायक गायिकामार्फत गीत रेकर्ड गरेका हाैँ । जसले गर्दा संगीतको गुणस्तर पनि उत्कृष्ट हुन्छ’, उनले भने ।
शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायाङ्कन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको एक्सन रहेको यो चलचित्रलाई उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।
यो चलचित्रमा पूजा शर्मा, पल शाह, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल र प्रदीप ढकाललगायतको अभिनय छ ।