निर्देशक सन्तोष सेनले निर्माण तथा निर्देशन गर्न लागेको नयाँ चलचित्रका लागि नायक अनमोल केसी सँग सहकार्य हुने भएको छ । निर्माता तथा निर्देशक सेनले अनमोलसँग सहकार्यका लागि काम अगाडि बढेको बताएका छन्। केही दिनअघि सहकार्य बारे मिटिङ समेटा गरेका सेनले अब सुरुवातदेखि नै बसेर यो चलचित्रमा काम गर्ने गरि अगाडि बढेका छन् ।
चलचित्र ‘बलिदान’को छायांकनको पूर्व तयारी गरिरहेका सन्तोषले यो चलचित्रको छायांकन सकिएपछि अनमोलसँगको काम अगाडि बढाउने जनाएका छन्। आउँदो बर्षमा छायांकन सुरु गर्ने योजनामा रहेका सन्तोषसँग नायक अनमोलले कुरा पनि गरिसकेका छन् ।
लिखित सहमति नभएको भएपनि आगामी एउटा पिरियड ड्रामा सहकार्य गर्नेबारे हाम्रो भद्र सहमति जुटेको भन्दै सेनले भने, ‘अनमोलजी हामीसँग काम गर्न पहिल्यैदेखि इच्छुक हुनुहुन्थ्यो ।
अनमोलले पनि सन्तोषजस्ता राम्रा मेकरसँग काम गर्ने इच्छा भएको बताउँदै अर्को वर्षदेखि काम थाल्ने कुरा भएको बताएका हुन्।