‘महाजात्रा’ले मनायो ५१ दिन (फोटो फिचर)

२९ वैशाख २०८१ १३:५०

चैतको ९ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘महाजात्रा’ले आज शनिबार ५१ दिन मनाएको छ। आज शनिबार प्रदर्शनको ५१ औं दिन पुरा गरेको अवसरमा निर्माण टिमले सिभिल हलमा कार्यक्रम आयोजना गर्दै ‘कास्ट एण्ड क्रू’को उपस्थितीमा खुशि बाँड्दै केक काटेको हो ।

षट्कोण आर्टस्ले निर्माण गरेको यो चलचित्रले क्युएफएक्स, आइएनआई, एफक्युब, वान, बीएसआर, रञ्जना, बिग, सिने द सेफ र नेपालगञ्जको सिने रोयल लगायतका १० हलमा उपलब्धी हासिल गरेको हो ।

अभिनेता हरिवंश आचार्यले ५१ औँ दिनको यात्रा तय गर्नु सुखद खबर रहेको बताउदै भने,-‘दुई तीन वटा हलमा त सय दिन पुग्छ होला । हामीले प्रतिस्पर्धा गर्ने अब विदेशी चलचित्र सँग हो । विदेशी चलचित्र सँग नेपाली चलचित्रले प्रतिस्पर्धा गर्नुपर्छ । उनीहरूले धेरै पैसा अर्बौँ अर्ब खर्च गरेर बनाएका चलचित्रलाई हामीले करोड खर्च गरेर बनाएको चलचित्रले जित्नुपर्छ । हाम्रो मुख्य प्रतिस्पर्धा विदेशी चलचित्रसँग हो । स्वदेशी चलचित्रसँग हामी प्रतिस्पर्धा गर्नु हुँदैन । नेपाली चलचित्रको टिमले विदेशी चलचित्रको टिमलाई जित्नुपर्छ । दर्शकले जे पस्किएर दिए पनि खानुहुन्छ भन्ने सोच्नु हुँदैन । आफूले पनि मिठो चिज पकाएर पस्किनुपर्छ । दर्शकलाई राम्रो चिज चढाउन सक्नुपर्छ ।’

कार्यक्रम समारोहमा अभिनेता आचार्यसँगै रवीन्द्र झा, शिशिर वाङ्देल, दिव्यदेव, अरविन खड्का, सहायक निर्देशक जेबी रुवाली, प्रोडक्सन म्यानेजर रुपकप्रताप अधिकारी लगायत अन्यले पनि सहभागी जनाएका थिए ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘महाजात्रा’ले गतबर्ष रिलिज भएको ‘जारी, दिमाग खराब’पछि हलमा ५१ दिनको यात्रा पार गरेको हो । निर्देशक प्रदीपले निर्देशन गरेको ‘जात्रा र जात्रै जात्रा’ले पनि बक्स अफिसमा ५१ दिन मनाएको थियो।

१६ करोड हारहारीको ग्रस कलेक्शन गरेको यो चलचित्रको कमाइ बक्स अफिसमा पनि आक्रामक छ। यो चलचित्रलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेका हुन्। यो चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिङ बानिया हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *