‘लण्डन टु पेरिस’को रोमान्टिक टिजर

२८ वैशाख २०८१ ८:२२

घनश्याम लामिछाने निर्देशित चलचित्र ‘लण्डन टु पेरिस’ को टिजर सार्वजनिक गरिएको छ। ‘ट्राभल लभस्टोरी’ जनरामा निर्माण गरिएको यो चलचित्रको टिजर निकै गज्जबको बनेको छ।

एबी इन्टरनेशनलको प्रस्तुति रहेको चलचित्रमा गौतम प्रोडक्सन र अर्चिड भेस फिल्मस लिमिटेडको निर्माणमा सहकार्य छ। सनिश खकुरेल र अजित केआर थापा यो चलचित्रको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता हुन्।

यो चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। अमित बस्नेतको निर्माण रहेको यो चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रूपमा छन्।

अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी छ। यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले नेपालभर वितरण गर्दैछ।

आगामी जेठ २५ गते रिलिज हुने यो चलचित्रमा अभिनेत्री साम्राज्ञी आरएल शाह र डेब्यु अभिनेता निश्चल खड्का तथा अभिनेता कविर खड्का र डेब्यु अभिनेत्री गरिमा शर्मासहित रूश्मा थापा, मनिष श्रेष्ठ, मनिष गान्धीलगायत कलाकारको अभिनय छ। निश्चल र गरिमाले यही चलचित्रबाट डेब्यु गर्दैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *