राजन भुसालको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘एक्टर’को छायांकन सुरु गरिएको छ। पोखराको विन्ध्यवासिनी मन्दिरमा पुजा गर्दै आजबाट यो चलचित्रको छायांकन सुरु गरिएको हो।
यो चलचित्रका मुख्य कलाकार नायक प्रदीप खड्का र नव–नायिका दिव्या रायमाझीले क्यामेरामा पूजा गर्दै चलचित्रको छायांकन प्रारम्भ गरिएको निर्माणपक्षले बताएको छ। यो चलचित्रको केही दिन अगाडि भैंसीपाटीस्थित कार्यविनायक मन्दिरमा बौद्धिक विधि अनुसार पूजापाठ समेत गरिएको थियो ।
अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रको छायांकन पोखरामा १० दिन गरिनेछ भने काठमाडौंमा एक महिना छायांकन गरिने निर्माणपक्षले जनाएको छ ।
थमन कुमारी भण्डारी निर्माता रहेको यो चलचित्रलाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन् । यो चलचित्रको प्रदर्शन मिति कार्तिक १५ गते लक्ष्मी पूजालाई तोकिएको छ ।

यो चलचित्रमा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारहरूको अभिनय रहनेछ । नायक खड्काले पहिलो पटक यसै चलचित्र मार्फत आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन् ।