‘वर एण्ड बधु’मा गरिमा शर्मा अनुबन्धित

२८ वैशाख २०८१ ५:२६

निर्देशक मिलन चाम्सको निर्देशनमा तयार भैइरहेको चलचित्र ‘वर एण्ड बधु’मा गरिमा शर्मा अनुबन्धित भएकी छिन्। यो चलचित्रको विशेष भूमिकाका लागि बिहिबार निर्देशक चाम्सले शर्मालाई अनुबन्धित गरेका हुन्।

यो चलचित्रको अहिले दोश्रो चरणको छायांकन भैइरहेको छ। यो चलचित्रमा यसअघि कुसुम शर्माको पनि प्रवेश भएको थियो । यो चलचित्रका लागि गरिमाको विशेष भूमिका भनिएता पनि उनको भूमिका के हो भन्ने बारे केही खुलाईएको भने छैन्।

चलचित्रमा चाम्ससँग सहकार्य गर्न पाउने भएपछि खुशी हुँदै गरिमाले भनिन्, ‘मेरो भूमिका चलचित्रमा विशेष छ । यसका लागि उत्साहित छु । मिलन दाइसँग काम गर्न पाउँदा खुशी लागेको छ ।’

उनी अभिनित चलचित्र ‘लण्डन टू पेरिस’ प्रदर्शनको तयारीमा छ। त्यत्सै, गरिमाले काम गरेको अर्को चलचित्र ‘ह्रस्व दीर्घ’ हो। यो चलचित्र पनि असोजको ११ गतेबाट प्रदर्शन हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *