प्रमिला बस्नेतको ‘यो जिन्दगीको’ रिलिज

२८ वैशाख २०८१ ५:१२

गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको’ रिलिज भएको छ। सार्वजनिक गीतमा गायिका अन्जु विश्वकर्माले स्वर दिएकी छन् ।

सरोज प्याकुरेलको संगीत, फडिन्द्र राईको एरेन्जमा निमार्ण गरिएको यो गीतले प्रेमील जोडी विचको भावनात्मक सम्बन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरेको छ ।

आफनो मनको कुरा बुझ्ने मायालाई आफुले पाएको कुरालाई गीतमा व्यक्त गरिएको छ । सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *