साउन १८ गते ‘मोदीबेनी’को प्रदर्शन घोषणा

२८ वैशाख २०८१ ५:०२

शङ्कर कोइरालाले निर्देशन गरेको चलचित्र ‘मोदीबेनी’को प्रदर्शन मिती तय गरिएको छ। निर्माणपक्षले यो चलचित्र आगामी साउनको १८ गतेबाट प्रदर्शनमा आउने जनाएको हो।

अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठको मुख्य भूमिका रहेको यो चलचित्रले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् । यो चलचित्रमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् । उत्सव दाहालको डिओपी, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ ।

झण्डै तीन वर्षको अन्तरालपछि फिचर चलचित्रको प्रमुख भूमिकामा अभिनेत्री वर्षाले अभिनय गरेकी छन् भने यो चलचित्र मार्फत अमर प्रतापले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका छन्। अमरको यो पहिलो डेब्यु चलचित्र हो।

अमर र वर्षाका अलावा यो चलचित्रमा सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ । यो चलचित्रलाई लिएर अमर र वर्षा निकै उत्शाहित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *