देशका ५० बढी हलमा ‘खजुरे ब्रो’ – कस्तो छ बिहानी शो ?

२८ वैशाख २०८१ ४:५१

सुरज सुनुवारको निर्देशनमा तयार भएको चलचित्र ‘खजुरे ब्रो’ आजबाट प्रदर्शनमा आएको छ। यो चलचित्र न्यून शो र कमजोर बुकिङका बाबजुत पनि प्रदर्शनमा आएको हो। चलचित्र देशका ५० बढी हलमा पाएको छ।

अधिकांश मल्टिप्लेक्समा एक शोज मात्र पाएको यो चलचित्रलाई प्रदर्शकहरुले निकै कम शोज उपलब्ध गराएका छन् । त्यस्तै, चलचित्र ‘बोक्सीको घर र मनसरा’को हलमा दबदबा कायम रहेको समयमा यो चलचित्रले न्युन शो पाएको हो।

यो चलचित्रको बूकिङ बुधबारबाट नै खुलाईएको भएपनी दर्शकले उत्साहजनक रुपमा टिकट काटेका छैनन् । र, यो चलचित्रको बूकिङ पनि निकै कमजोर छ । त्यस्तैले पनि यो चलचित्रको बिहानको अकुपेन्सी पनि कम्जोर छ।

कमेडी जनरामा निर्माण गरिएको यो चलचित्रले पैसा, मित्रता र श्रीमान–श्रीमतीको सम्बन्धको कथा पेश गर्छ। यो चलचित्रबाट नायिका नीति शाहले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी छिन्। चलचित्रमा रेअर राई, महेश त्रिपाठी, नबिन मानन्धर लगायतका कलाकारको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *