छायांकन सुरु नहुँदै ‘लाज शरणम्’को प्रदर्शन मिति तय – फागुन १४ गते रिलिज घोषणा

२८ वैशाख २०८१ ४:३४

लोकप्रिय हास्य टिभी सिरियल ‘सक्किगोनि’को टिमले निर्माण गर्न लागेको चलचित्र ‘लाज शरणम्’को छायांकन अगाबै प्रदर्शन मिती तय गरिएको छ। यो चलचित्रको अहिलेसम्म नाम बाहेक केही पनि सार्वजनिक गरिएको छैन्। तर, यो चलचित्रको टिमले महाशिवरात्रिको अवसर पारेर फागुनको १४ गतेलाई प्रदर्शन मिती घोषणा गरेको हो।

जिग्री र पाँडेको टिमले तयार पार्ने भनिएको यो चलचित्रको अहिले स्क्रिप्ट फाइनल गर्ने काम भइरहेको कुमारले जानकारी दिए । कुमार कटेलले निर्देशन गर्ने यो चलचित्रको लागि अहिलेसम्म आधिकारिक रुपमा कोही पनि कलाकार फाइनल गरिएको छैन । तर, यसको टिमले भने प्रदर्शन मिति बुक गरिसकेको छ।

त्यसो त, नेपाली चलचित्र क्षेत्रका लागि निर्माता तथा निर्देशकहरुले चलचित्रको छायांकन सुरु नहुँदै प्रदर्शन मिति तय गर्नु कुनै नौलो कुरा भने होइन् । पहिला चलचित्रको कथा, टिम फाइनल गर्नु अगाडि नै प्रदर्शन मिति तय गर्ने र पछि रिलिज गर्न सकिएन भन्दै मिती सार्ने रोग त नेपाली चलचित्र क्षेत्रको लागि पुरानै हो।

खैर, जे भएपनी छायांकन अगाडी नै प्रदर्शन मिती तय गरेको ‘लाज शरणम्’ टिमले घोषणा गरेकै मितिमा यो चलचित्र प्रदर्शन गरोस् हाम्रो शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *