नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहेको चलचित्र र ‘वर एण्ड बधु’को एक्सनका दृश्य खिचिएको छ । बिहिबार मूलपानी क्रिकेट ग्राउन्डको अपोजिटमा रहेको रोएल प्यालेसमा विवेक र आँचल केही खलपात्रहरुसँग लड्दै गरेको दृश्यको छायांकन गरिएको हो।
निर्देशक मिलन चाम्सको निर्देशन रहेको यो चलचित्रको रोमानियामा पहिलो चरणको छायांकन सकेर केही समय ब्रेक गरेपछि दोस्रो चरणको छायांकन गरिएको हो । अब यो चलचित्रको दुई वटा गीतको छायांकन सकेपछि सम्पूर्ण छायांकन सकिने निर्देशक चाम्सले जानकारी दिए।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको यो चलचित्रका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । यो चलचित्रको सम्पूर्ण छायांकन सकिएपछि प्रदर्शन मिति घोषणा गर्ने निर्देशक चाम्सले बताए।
हेरौ तस्विरहरु :


