‘पूजार सार्की’- थोरै होला तर भूमिका महत्त्वपूर्ण छ : पल शाह

२७ वैशाख २०८१ ९:४५

आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पूजार सार्की’मा नायक पल शाहले फरक चरित्रमा काम गरेका छन् । उनले निभाएको चरित्र जातीय विभेद अन्त्यका लागि विद्रोह गर्ने पात्र हो । यसलाई उनको छवि बदल्ने अवसरको रुपमा हेरिरहदा पलको चर्चा पनि त्यतिकै चलेको छ।

चलचित्रको ट्रेलर सार्वजनिक भएपछि नायक पल शाहको भूमिकालाई लिएर चर्चा भएको हो। ट्रेलरमा उनलाई अर्का दुई अभिनेता आर्यन सिग्देल र प्रदीप खड्काको तुलनामा कम देखाइएपछि उनको भूमिका पनि यो चलचित्रमा कम छ कि भन्ने चर्चा भइरहेको हो । ट्रेलर रिलिज भएपछि पलका फ्यानहरुले असन्तुष्टि जनाएपछि पलले स्पष्टिकरण दिएका छन् ।

पल शाह बिहीबार फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘यो चलचित्रमा मेरो छोटो भूमिका रहेको भन्ने फ्यानहरुको गुनासोबारे म यो प्रष्ट पार्न चाहन्छु कि यो चलचित्रमा मेरो ‘स्क्रिन टाइम’ केही मात्रामा थोरै होला तर अन्य कलाकारहरुको जस्तै महत्त्वपूर्ण भूमिका भने रहेको छ ।’

निर्देशकको आफ्नो दृष्टिकोणबाट ट्रेलरमा मलाई जति देखाउनु भएको छ, त्यो निकै श्रृजनशिल र कौतुहलता जगाइराख्ने प्रकृतिको छ ।’ उनले यो चलचित्रमा आफूले निकै फरक, जटिल र महत्त्वपूर्ण भूमिकामा अभिनय गरेको समेत जनाएका छन् । उनी ‘पूजार सार्की’ आफ्नो लागि महत्त्वपूर्ण मान्छन् । यो चलचित्रमा उनको निभाएको पात्रको नाम मेघराज खत्री हो । यो चलचित्रको निर्माता सुभाष भुसाल हुन् ।

दिनेश राउतको निर्देशन तथा विकास सुवेदीको लेखन रहेको यो चलचित्रमा अञ्जना बराइली र परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *