सरोज पौडेलको लेखन तथा निर्देशन रहने चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा मुकुन भुसालको प्रवेश भएको छ। यो चलचित्रका निर्माण युनिटले चलचित्रका मुकुनको तस्विर सार्वजनिक गर्दै फाइनल गरेको हो। निर्माणपक्षले मुकुनसँग केही दिन अगाडि लिखित संझौता गरेको थियो।
जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारीका साथ यो चलचित्रका लागि कलाकार फाइनलको काम अगाडि बढिरहेको निर्माणपक्षले जनाएको छ । यो चलचित्रका लागि यस अगाडि गायक प्रकाश सपुत र कलाकार विजय बराल फाइनल भइसकेका छन् ।
यो चलचित्रको टिमले यस अघि चलचित्रको नाम र थिम भिडियो सार्वजनिक गरेको थियो । जसमा यो चलचित्रलाई विं.सं. २०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य सहित सार्वजनिक गरिएको मोसन पोस्टरबाट मौलिक कथा र कलात्मक प्रस्तुति रहने बुझ्न सकिन्छ ।
सामाजिक कथामा निर्माण गरिने यो चलचित्रलाई सेभेन सिज सिनेमाजको प्रस्तुतिमा निर्माण गर्न लागिएको हो। प्रशान्त सिवाकोटीको संगीत रहने चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद रहनेछ ।
रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेको यो चलचित्रलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले सयुक्त रुपमा निर्माण गर्न लागेका हुन्।