५१ दिनको यात्रा तय गर्दै ‘महाजात्रा’

२७ वैशाख २०८१ ५:१९

चैतको ९ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘महाजात्रा’ले ५१ दिनको यात्रा तय गरेको छ। बक्स अफिसमा बम्पर व्यापार गरेको यो चलचित्रले यही शनिबार ५१ दिनको यात्रा तय गर्न लागेको हो।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘महाजात्रा’ले गतबर्ष रिलिज भएको ‘जारी, दिमाग खराब’पछि हलमा ५१ दिनको यात्रा पार गरेको हो । निर्देशक प्रदीपले निर्देशन गरेको ‘जात्रा र जात्रै जात्रा’ले पनि बक्स अफिसमा ५१ दिन मनाएको थियो।

१६ करोड हारहारीको ग्रस कलेक्शन गरेको यो चलचित्रको कमाइ बक्स अफिसमा पनि आक्रामक छ। यो चलचित्रलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेका हुन्। यो चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिङ बानिया हुन्।

यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *