नयाँ रियालिटी शो ‘द स्पिकिङ्ग टाइटन’को घोषणा

२६ वैशाख २०८१ ५:१७

नयाँ रियालिटी शो ‘द स्पिकिङ्ग टाइटन’को घोषणा गरिएको छ। मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यो शोको घोषणा गरिएको हो । यो शोमा सहभागी हुनका लागि इच्छुक व्यक्तिहरूले डिजिटल अडिसन दिनुपर्नेछ।

अमन प्रताप अधिकारीले निर्देशन गर्ने यो शोमा बोल्न चाहने व्यक्तिहरुले ३ मिनेटको कुनै पनि भिडियो पठाउन सक्नेछन् । प्रतियोगितामा सहभागी हुनका लागि कम्तीमा पनि सहभागीको उमेर १५ बर्षको हुनुपर्ने र स्वतः स्फूर्त रुपमा बोल्न सक्ने क्षमतवान् हुनुपर्नेछ । त्यस्तै, यो प्रतियोगिताका लागि विश्वभरबाट नेपाली भासीले सहभागिता जनाउन सक्ने निर्माण टिमले जनाएको छ ।

दामी मिडियाको प्रस्तुतिमा तयार हुने यो शोको जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरि फिजिकल अडिसनका लागि निमन्त्रणा गरिनेछ । यो शोको निर्णायकका लागि दिल भूषण पाठक, माल्भिका सुब्बा र रञ्जित आचार्य छन् ।

सौनक भट्ट कार्यक्रम संचालक तथा मेन्टरको रुपमा रहने यो शोको कन्सेप्ट तथा डिजाइन सुदिन पोखरेलको हो । विजेताले ५ लाख नगद पुरस्कार, विश्व भ्रमण र विभिन्न ब्रान्डको सद्भावना दूतको रुपमा काम गर्ने अवसर पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *