पहिलो सन्तानको रुपमा सलोन र करिश्मालाई पुत्री प्राप्त

२६ वैशाख २०८१ ५:०४

नायक सलोन बस्नेत र उनकी श्रीमती करिश्मालाई पुत्री प्राप्त भएको छ। करिश्माले आज बिहान ८ बजे ललितपुरको मेडिसिटी अस्पतालमा करिश्माले छोरीलाई पहिलो सन्तानको रुपमा जन्म दिएकी हुन् ।

निर्देशक तथा सलोनका पिता शोभित बस्नेतका अनुसार अहिले आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो छ। आमाको मुख हेर्ने दिनमा हामीले नातिनी प्राप्त गर्यौ, हामी अत्यन्त खुशि छौं। निर्देशक शोभितले खुशी हुँदै सुनाए।

सलोन र करिश्माले गतवर्षको मंसिर १२ गते विवाह गरेका थिए। सल्यक्रिया द्वारा बच्चा निकालिएको हुँदा करिश्मालाई २दिन अझै हस्पिटलमै राखिने उनका ससुरा सोभितले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *