प्रतिक्षित चलचित्र ‘पुजार सार्की’को ट्रेलर रिलिज

२५ वैशाख २०८१ ९:५१

आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको प्रतिक्षित चलचित्र ‘पुजार सार्की’को ट्रेलर रिलिज गरिएको छ। मंगलबार काठमाडौंमा पत्रकार समेलन गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो।

निर्देशक दिनेश राउतको निर्देशन रहेको यो चलचित्रको सार्वजनिक ट्रेलरमा जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथालाई प्रस्तुत गरिएको छ। नेपाली चलचित्र क्षेत्रका तीन सुपरस्टारहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेको यो चलचित्रको ट्रेलर निकै गज्जबको छ।

किङ्डम नेटवर्क प्रस्तुतकर्ता रहेको यो चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायत अन्यकलाकारको पनि अभिनय छ। नेपालसँगै नेपालीहरू रहेका विश्वका सबै देशहरूमा एकसाथ यो चलचित्र रिलिज हुनेछ।

यो चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् । यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए । चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन्। चलचित्रको यसअगाडी एमएमएस इन्टरटेन्मेन्टले इन्टरनेसनल राइट्स खरिद गरिसकेको छ। यो चलचित्रको छायांकन कास्की जिल्लामा गरिएको हो। निर्माण घोषणा भएदेखी नै चर्चामा रहेको यो चलचित्रको ट्रेलरले अझै हाइप क्रेट गर्नेमा निर्माणपक्ष ढुक्क छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *