शान्ति श्री परियारले दुर्घटनाबाट जोगाएको भन्दै क्याप्टेनलाई दिइन् धन्यबाद

२५ वैशाख २०८१ ५:३६

लोकप्रिय गायिका शान्ति श्री परियारले ठूलो दुर्घटनाबाट जोगाएर नयाँ जीवन दिएको भन्दै यति एअरलान्सका क्याप्टेन लबिस चन्दलाई धन्यवाद दिँदै भावुक बनेकी छन् । उनले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेखेकी हुन् ।

सोमबार भैरहवाबाट काठमाडौंका लागि उडेको यति एअरको जहाज खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको थियो । सोही घटनालाई लिएर गायिका परियालले चन्दलाई धन्यवाद दिएकी हुन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘धन्यवाद क्याप्टेन लबिस चन्द, प्लेनमा रहेका हामी सबैले ७५ प्रतिशत जिन्दगी छोडेका थियौँ, हजुरले आफ्नो प्रयास जारी राख्नु भो, र गन्तब्यभन्दा फरक ठाउँमा अवतरण भयो, तर सबैलाइ नयाँ जीवन त दिनु भयो नि ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *